हिजो मात्रै सपना देखेको
तर खै कता हो कता हराएछ
अनि खोज्दा खोज्दै झमक्कै साँझ पर्यो
भोली फेरी खोज्नेछु कतै न कतै
कुनै न कुनै कुनामा
भेटिएला कि भन्ने झिनो आशामा
प्रयास सम्भवत असफल
एक चित्त बुझाउने बाटो
खहरेको भेल उर्लिएको बेला
झोलुङे पुल के नै पो धान्न सक्छ र?
तर अझै एक चोट बाकी छ
यो मक्केको काठ माथि
खहरे सुस्ताउने आशामा
झोलुङे पुल हल्लिरहेछ
हावाको बेगसंगै
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment